
काठमाण्डौ । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् ।
यसैक्रममा सिटिजन लाइफ इन्स्योरन्स कम्पनीले प्रत्येक छक्का प्रहारमा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
यस्तै, भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार दिने समेत कम्पनीले जनाएको छ ।
यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । एसिया कपको दोस्रो खेलमा नेपालले यतिबेला भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । यसअघि पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।