images

नेप्सेमा ४४.३० अंकले उकालाे, १ अर्ब ५१ करोड बढीकाे काराेबार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा आज ४४.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८६.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले बढेर ३८१.६४ को विन्दुमा पुगेको छ।

 

कारोबार रकम पनि बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.६५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.९६ प्रतिशत, विकास बैंक समूहमा २.३४ प्रतिशत, होटल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.९९ प्रतिशत, लगानी समूहमा २.०१ प्रतिशत, जीवन बीमा समूहमा २.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहमा २.२४ प्रतिशत, लघुवित्त समूहमा १.६७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८८ प्रतिशत र अन्य समूहमा १.३८ प्रतिशतको बढोत्तरी भएको छ।

 

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन साल्ट ट्रेडिङको सर्वाधिक ६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ५ करोड २४ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ५ करोड २३ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ९६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३ करोड ५२ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ४९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। थ्री स्टार हाइड्रोपावर, मन्छियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। यो दिन सूर्योदय वोमी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ३ प्रतिशत बढीको गिरावट आएको छ।