logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • नेपाल टेलिकमले ‘टिकटक च्यालेन्ज’ : विजेतालाई आकर्षक पुरस्कार

    नेपाल टेलिकमले ‘टिकटक च्यालेन्ज’ : विजेतालाई आकर्षक पुरस्कार

    143
    SHARES
    नेपाल टेलिकमले ‘टिकटक च्यालेन्ज’ : विजेतालाई आकर्षक पुरस्कार

    काठमाण्डौ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

    जसअनुसार नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो च्यालेन्ज भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ ।

    विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ ।

    नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।


    अर्थ चौतारी
  • सोमबार, २५ भाद्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved