images

सेयर बजारमा १९.४२ अंकले ओरालो, १ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा १९.४२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९६७.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५ अंकले घटेर ३७९.१४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १३ करोड रुपैयाँको भएको छ।

 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेको छ।

वित्त समूहमा १.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा १.४४ प्रतिशत, जलविद्युत समूहमा १.५६ प्रतिशत, लगानी समूहमा १.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा १.४० प्रतिशत, निर्जीवन बीमा समूहमा १.४० प्रतिशत, अन्य समूहमा ०.२४ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतको गिरावट आएको छ। आज म्युचुअल फन्ड समूह मात्रै ०.०४ प्रतिशतले उकालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५.५१ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल एसबीआई बैंकको सर्वाधिक ७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड २९ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ९८ लाख रुपैयाँ, एसटीसीको २ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ४६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
यो दिन शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। आज थ्री स्टार हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।