
काठमाण्डौ । शिक्षकले कुनै राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने कानुनी व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ ।
सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले दलको सदस्यता लिन नहुने, लगातार १५ दिनभन्दा बढी विद्यालयमा अनुपस्थित हुने, राजनीतिक गतिविधिमा भाग लिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने लगायतका काम गरेमा उनीहरूलाई सेवाबाट हटाउने प्रावधान राखिएको छ ।
याे पनि पढ्नुहाेस्ः शिक्षकले व्यापार–व्यवसाय गर्न नपाउने, बन्द हड्ताल गर्न निषेध