images

प्रभु क्यापिटल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाण्डौ । प्रभु क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २५ गते बसेको बैठकले ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज १९ गते काठमाण्डौमा दिनको १ बजे सुरु हुनेछ ।

 

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले सञ्चालकको नियुक्त पनि अनुमोदन गर्नेछ ।