images

२९% बोनससहित ३०.५२६३% लाभांश दिने एनआईसी एसिया बैंकको घोषणा

काठमाण्डौ । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

images

images