images

नेप्सेमा ४२.१४ अंकले ओरालो, २ अर्ब रुपैयाँ बढीको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स ४२.१४ अंकले घटेर १९६४ विन्दुुमा कायम हुन पुगेको छ।

नेप्सेमा रहेका १३ उपसूचक नै राताम्मे भएका छन्। आज बजार ४२.१४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९६४.९१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१२ प्रतिशतले घटेर ३७८.६८को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ। सेयर लोनमा १२ करोडको क्यापमा केही न केही परिमार्जन हुने बिष्टको भनाइ छ।

images

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक ३.३३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.३० प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२९ प्रतिशत, जलविद्युत समूहमा २.७९ प्रतिशत, लगानी समूहमा १.९१ प्रतिशत, जीवन बीमा समूहमा २.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशत, निर्जीवन बीमास मूहमा २.५९ प्रतिशत र अन्य समूहमा १.९९ प्रतिशतको गिरावट आएको छ।

 

आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६११ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल लाइफ नेपालको २४ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको आज एभरेस्ट बैंकको १२ करोड ५४ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४९ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ४९ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकको ३ करोड ५३ लाख रुपैयाँ र एसटीसीको २ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

आज शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन मोलुङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।

images