
काठमाण्डौ । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२३ कार्यक्रम सम्पन्न गरेको छ। रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए।
यसपटक पनि वान राइड विश्वभर एकै दिन आयोजना गरिएको थियो। यस राइडको नारा ‘वान मिसन, वान वर्ल्ड, वान राइड’ रहेको थियो। वान राइड २०२३ कार्यक्रम यही भदो ३१ गते लाकुरे पुगेर समापन गरिएको थियो। विहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर राइड अघि बढेको थियो। कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो। नेपालमा काठमाण्डौ लगायत १३ शहरमा सम्पन्न भएको थियो।
देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार लाकुरेमा रहेको बासुकि मावि आधारभूत विद्यालयका सबै विद्यार्थीहरुलाई हुने गरी खेलकुद र म्युजिकल इन्टुमेन्ट र केही नगद सहयोग वितरण गरिएको थियो। खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा लाकुरेका वडा अध्यक्ष, विद्यालयका प्रधनाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधी, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदूतावासका कर्मचारीसमेत सहभागी भए।
वान राइडमा काठमाण्डौका रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटिअर ३५० हिमालयन स्क्राम ४११, हन्टर ३५० मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएका थिए। वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो। कम्पनीका अनुसार विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो। यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको छ। वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ।