images

आयोग उपाध्यक्षसँग यूएनडीआरआर एसिया प्रमुखको शिष्टाचार भेटवार्ता

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन्।

 

भेटमा विपद् जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो। उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्यूनीकरणमा निकै अघि बढेको बताए। भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो।