images
images

पुँजी बजारको समस्या सम्बोधन हुनेगरी काम गर्छु: अर्थसचिव पुष्कर

images

काठमाण्डौ । नव नियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । भदौ २९ गते अर्थसचिव नियुक्त भएका पुष्करले असोज ४ गते कार्यभार सम्हालेका हुन् ।

 

कार्यभार सम्हालेपछि कर्मचारीहरुलाई संक्षिप्त सम्बोधन गर्दै उनले लडेर भिडेर अर्थतन्त्र सुधार्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सबैको सहयोगबाट अर्थतन्त्रमा देखिएका चुनौतीको समाधान गर्न आफु केन्द्रित हुने पनि बताए ।

 

सचिव पुष्करले पुँजी बजारमा देखिएको अन्योलता चिर्ने दायित्व पनि आएको र त्यसलाई पूरा गर्ने पनि बताए । सचिव बजेटकाे कार्यान्वयनमा आफ्नो मुख्य जोड रहने पनि बताए ।

images