images
images

सातकाे अन्तिम काराेबार दिन नेप्से परिसूचक ४४.३४ अंकले उकालाे, सवा ३ अर्ब रुपैयाँकाे काराेबार

images

काठमाण्डौ । सातकाे अन्तिम काराेबार दिन नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ३८८.७२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम बढेर सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

 

यो दिन जलविद्युत समूह सर्वाधिक ५.३१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.३८ अंकले बढ्दा बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४९ प्रतिशत, लगानी समूहमा २.४७ प्रतिशत, जीवन बीमा समूहमा १.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८२ प्रतिशत, लघुवित्त समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७६ प्रतिशत, अन्य समूहमा २.३४ प्रतिशत र व्यापार समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ।

 

आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १० करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ५६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ५१ लाख रुपैयाँ, सोल्टीको होटेलको ७ करोड ४७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६ करोड ८२ लाख रुपैयाँ, घोराही सिमेन्टको ६ करोड ४७ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख रुपैयाँ र अपी पावरको ५ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

 

आज १३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। नेसनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, बारही हाइड्रोपावर, मैलुङखोला जलविद्युत र अपर सोलु हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। गुडविल फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन अभियान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

images