images
images

डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपर हिट चलचित्र झिगेदाउ प्रदर्शनमा

images

काठमाण्डौ । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपर हिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवश हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरूले अव डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् । अहिले केकी अधिकारी, आँचल शर्मा, मकुनु भुसाल आदी कलाकारहरूको अभिनय रहेको सुपर हिट चलचित्र झिगेदाउ डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भइरहेको छ ।

 

छक्का पञ्जा ४, प्रकाश, कृष्ण लीला, नाइँ नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरू डिशहोम सिनेमा घर को साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमा घर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलर दाई मार्फत सेवा लिएर र आफ्नै मोबाइल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्ज मा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्ज मा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नेछन् ।

 

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमा घर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिस्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६०-०१-२२०००, ९८०११५५००० वा ०१-४२१७६६६ मा फोन गर्न सकिनेछ । डिशहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

images