images
images

नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

images

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।

बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८ हजार ९९९ कित्ता सयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन ।

बैंकको सेयरमा संस्थापक सेयरधनीलाई प्राथमिकता राखेर बिक्री गरिएकोमा कसैको पनि दाबी नपरेपछि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन पेश गर्न आग्रह बैंकले गरेको छ ।

images