images
images

सिट्रोनको नयाँ शोरुम चितवनमा, इलेक्ट्रीक कारको बिक्री सुरु

images

काठमाण्डौ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो नयाँ शोरुम चितवनमा खोलेको छ । कम्पनीले संचालनमा ल्याएको नयाँ शोरुम भरतपुर-१०, रिजाल चोकमा रहेको छ ।

कम्पनीले नयाँ शोरुमबाट भारतमा उत्पादन भएको इलेक्ट्री र पेट्रोल सीथ्री बिक्री सुरु गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले एक कार्यक्रमबीच शोरुम उद्घाटन गरेका थिए ।

सिट्रोनको सीथ्री र इलेक्ट्रीक सीथ्री अहिले नेपाली बजारमा उपलब्ध छ । कम्पनीको ईसीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाट पीकपावर भएको मोटर छ । उक्त मोटरले १४३ एनएम टर्क प्रदान गर्छ ।

पेट्रोल सीथ्रीमा भने १.२ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ८२ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । ईभीको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र पेट्रोल कारको सुरुवाती मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आकर्षक छुट, निःशुल्क सडक कर र एक वर्षको लागि निःशुल्क बीमा सुविधा पाउने छन् ।

images