logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • नेटा भीको दशैं अफर : १ वर्षकाे बीमासहित डिक्की भरी इलेक्ट्रोनिक्स सामान

    नेटा भीको दशैं अफर : १ वर्षकाे बीमासहित डिक्की भरी इलेक्ट्रोनिक्स सामान

    0
    SHARES
    नेटा भीको दशैं अफर : १ वर्षकाे बीमासहित डिक्की भरी इलेक्ट्रोनिक्स सामान

    काठमाण्डौ । होजोन मोटर्सको आधिकारी बिक्रेता सिजी मोटर्सले दशैं स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा नेटाभी खरिद गर्न चाहने ग्राहकहरूले नेटाकाे डिक्की फुल अफर ल्याएकाे छ ।कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक क्रसओभर नेटाभीमा एक लाख नगद छुटसँग विभिन्न इलेक्ट्रीक सामानहरु गाडीको डिक्की भरेर ग्राहकले पाउने छन् ।

    कम्पनीले प्रत्येक नेटाभी कारको खरिदमा ४३ इन्चको सिजी फोके स्मार्ट टीभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको भ्याकुम कप र ५०० एमएल अट्ने सीजीको भ्याकुम फ्लस्क बोटल उपहारमा राखेको छ । याे अफर लिन नचाहने ग्राहकहरूले भने १ लाख नगद छुट लिन सक्ने सिजी माेटर्सले जनाएकाे छ ।

    यसका अलावा नेटाभी किन्ने ग्राहकले रेगुलर ६.६ किलोवाटको एसी फास्ट चार्जर, फ्रि स्मार्ट व्याण्ड, एक वर्षको फुल इन्स्योरेन्स, एक्चेन्ज सुविधा र एक वर्षको वार्षिक करसमेत कम्पनीले नै तिर्ने जनाएको छ । सिजी मोटर्सले ३८ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेर नेटाभी बिक्री गर्दै आएको छ ।

     

    यस्तो छ नेटा भी
    नेटाभी एक क्रसओभर डिजाइनमा बनेको कार हो । निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वीलले यसको क्याविन उत्कृष्ट बनाएको छ ।साथमा यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले र टेस्ला प्रेरित ठूलो इन्फोटेन्टमेन्ट सिस्टमको कारण यसलाई मनपराउने धेरै छन् । यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले नेटा भीलाई अब्बल बनाएको छ ।

    कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट