images
images

ब्रोकर नं. ७४ को प्रथम वार्षिकोत्सव सम्पन्न

images

काठमाण्डौ । नेपाल धितोपत्र बाेर्डबाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।

सो कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७९।६।१३ गते दर्ता भएको थियो । कम्पनीले हालै मात्र आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नेतृत्व समेत चयन गरी सकेको छ । साधारण सभाले शेयरधनी प्रदिप के.सी.को अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

 

सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उद्धवराज पौड्याल, डिल्लीराम बांस्तोला, विलाल अधिकारी सञ्चालक सदस्य रहेका छन् भने शालिकराम अधिकारीलाई प्रवन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ । कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राम कुमार के.सी. को प्रमुख आतित्थ्यतामा यहि २०८० असोज ६ गते सो साधारण सभा सम्पन्न भएको थियो ।

 

प्रथम साधारण सभामा कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, कम्पनीको प्रगती विवरण, भावी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था समेतका विषयमा प्रस्तुती गरेका थिए । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी .ले विभिन्न आरोह अवरोह पार गरी कार्य सञ्चालन प्रारम्भ गरेकोमा बधाई दिंदै कम्पनीले ग्राहक मैत्री नीति अबलम्वन गरी नेपाली धितोपत्र वजारमा एक सफल र नमुना ब्रोकर कम्पनीकोरुपमा स्थापित हुन सफलता मिलोस् भनि शुभकामना दिए ।

 

यही २०८० भदौं १० गते काठमाण्डौ महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपुर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केटले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य संख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा द्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरी रहेको छ ।

 

यस कम्पनीले प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा, वुटवल, नेपालगंज, विराटनगर लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।

images