images
images

इकोविट ब्राण्डका जुनसुकै स्कुटर किन्दा १५ हजारसम्म नगद छुट

images

काठमाण्डौ । ग्लोबल सेभेन प्रा.लि.ले इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ । प्रविधिमा भएको आमुल विकास र वातावरणको स्वच्छता र विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोग बढीरहेको अवस्थामा कम्पनीले उक्त विद्युतीय स्कुटरहरु बजारमा ल्याएको हो । पहिलो पटक करिब १० महिना अघि नेपाल भित्र्याइएका यी स्कुटरहरु बलिया र आकर्षण रहेको कम्पनीको भनाई छ ।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १५ गतेदेखि मंसिर ९ गतेसम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्कीम लागू गरेको छ । यो स्कीम अन्तर्गत कम्पनीले इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा अधिकतम् १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था छ । जसमा गोलाप्रथा मार्फत तत्काल छुट हुने गरी ७ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था रहेको कम्पनीको भनाई छ । साथै एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने र हरेक स्कुटरको साथमा एउटा हेलमेट समेत निःशुल्क दिने कम्पनीले बताएको छ ।

साथै, यी स्कुटर खरिदमा फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको तर फाइनान्स र एक्स्चेन्जमा भने यो स्कीम लागू नहुने बताइएको छ ।

फाइनान्स
ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशत सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुनेछ ।

एक्स्चेन्ज
ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्नेछन् । त्यसका लागि पुरानो साधनको मूल्य कम्पनीले तोक्ने छ ।

स्कुटरको बारेमा
आरथ्री
३००० बाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ८० हजार रुपैयाँमा राखिएको छ ।

आरथ्री प्रो
४००० वाट क्षमताको गियर मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ५ लाख ३० हजार रुपैयाँ तथा सिंगल बेट्रीमा ४ लाख ३० हजार रुपैयाँ मूल्य राखिएको छ ।

भ्याक्स
३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य २ लाख एक हजार रुपैयाँ राखिएको छ ।

ई रेट्रो स्टार
२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ३४ हजार रुपैयाँ र सिंगल बेट्रीमा २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

images