logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • घट्यो सुनको भाउ, सस्तियो चाँदी

    घट्यो सुनको भाउ, सस्तियो चाँदी

    130
    SHARES
    घट्यो सुनको भाउ, सस्तियो चाँदी

    काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ।

    हिजो आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • सोमबार, १५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट