मनोजले छोरीको जन्मदिनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

काठमाण्डाै । रौतहटको चन्द्रपुर निवासी मनोज थपलियाले आफ्नी छोरीको जन्मदिनमा १५ लाख बीमांकको बीमालेख उपहार दिएका छन् । छोरी धृतीको पहिलो जन्मदिनको अवसरमा थपलियाले एशियन लाइफ इन्स्योरेन्सको बाल उच्च शिक्षा अग्रिम भुक्तानी जीवन बीमालेख उपहार दिएका हुन् ।

 

images

थपलियाले जन्मदिनको उत्सवमा हुने अनावश्यक खर्चको कटौती गरी जीवन बीमाको शुरुवात गरी छोरीको उच्चशिक्षाको लागि ढुक्क हुन चाहेको बताए ।

बीमालेखबाट प्रस्तावकको दुर्घटना सहितको जोखिम लिने भएकोले प्रस्तावक रहँदा पनि नरहँदा पनि बच्चाको उच्च शिक्षाको लागी उपयोगी हुने हेटौंडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठले जानकारी दिए ।

images