logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • Advertisment

    परिस्थिति कठिन छ, संयमित भएर काम गरौँः गभर्नर

    परिस्थिति कठिन छ, संयमित भएर काम गरौँः गभर्नर

    39
    SHARES
    परिस्थिति कठिन छ, संयमित भएर काम गरौँः गभर्नर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई नीति निर्देशनको पालना गर्न निर्देशन दिएका छन्।

     

    राष्ट्र बैंक सुपरभिजन डिपार्टमेन्टले आयोजना गरेको समसामयिक छलफल कार्यक्रममा गभर्नर अधिकारीले सीईओहरुलाइ केन्द्रीय बैंकका नीति निर्देशन पालना गर्न निर्देशन दिएका हुन्। उक्त कार्यक्रममा राष्ट्र बैंक अधिकारी, सुपरभिजन डिपार्टमेन्ट कार्यकारी निर्देशक र वाणिज्य बैंकका सीईओहरु उपस्थित थिए।

     

    ‘परिस्थिति कठिन छ। यस्तो बेला कम्प्लाइन्समा कति पनि कम्प्रमाइज नगरी कर्जा असुली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ,’ गभर्नर अधिकारीले भने। ‘राम्रो गर्दा गर्दै पनि बढी नै प्रेसर छ, संयमित भएर काम गर्नुपर्ने बेला छ’, उनले भने, ‘तपाईंहरुले हाम्रा डाइरेक्टिभ्सको फुल कम्प्लायन्स गरेर अगाडि बढ्नुपर्छ। बाँकी तपाईंहरुका अप्ठ्यारा सहजीकरण गरिदिन्छौँ।’

     

    कार्यक्रममा सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले गत वर्ष राष्ट्र बैंकले विभिन्न बैंकहरुमा गरेको सुपरभिजनका क्रममा देखिएका कमी कमजोरीहरू उल्लेख गर्दै सुधार गरेर अघि बढ्न निर्देशन दिएका थिए।


    अर्थ चौतारी
  • बिहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट