काठमाण्डौ । गृह मन्त्रालयले तेजाबको खरिद बिक्रीमा कडाई गर्ने व्यवस्था सम्बन्धी नियमाली जारी गरेको छ । मन्त्रालयले तेजाब तथा रासायनिक पदार्थको पहुँचमा कडाई गर्ने उद्देश्यले बिहीबार ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली’ राजपत्रमा प्रकाशित गरेको छ ।
नियमावलीले तेजाव तथा घातक रासायनिक पदार्थ प्रयोजनको लागि सम्बन्धित उद्योगलाई मात्रै अनुमति दिने व्यवस्था गरेको छ । त्यस्ता घातक पदार्थहरुको पैठारी गर्दा पूर्व स्वीकृत लिनुपर्ने, प्रयोजनको लागि स्वीकृति लिनुपर्ने, बीमा गराउनुपर्ने लगायतका स्पष्ट किटानी व्यवस्था नियमावलीमा गरिएको छ ।