logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग

    सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग

    247
    SHARES
    सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरुले सेयर बजार उत्पादनमुलक क्षेत्र भएको दाबी गरेका छन् । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्षहरुले सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

    महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताए । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएमा सेयर बजारबाट सहज रुपमा स्रोत जुटाउन सक्ने उनले बताए ।

     

    ‘सेयर कारोबार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसायीले ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कामायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकम होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छ, त्यसकारण सेयर बजार उत्पादनमुलक क्षेत्र हो ।’

     

    दूरदराजका मान्छेलाइ पनि पूँजी बजार ल्याउन महासंघले सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले महासंघले सचेतना कार्यक्रम गर्ने उनको भनाइ छ । आगामी दिनमा कुनै दुर्घटना नघटोस् भनेर यो कार्यक्रम गर्न लागिएको उनले बताए ।

    महासंघकाे वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारमा लगानीको ठूलो हिस्सा रहेकाे बताउँछन् । सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा अहिले घाइते अवस्थामा पुगेको उनको भनाइ छ ।

     

    ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’

     

    सेयर बजारबाट पूँजीको जोहो कसरी गर्ने भनेर तालिमको व्यवस्था गर्नु पर्ने उनले बताए । सेयर बजारलाई सकारात्मक बाटोमा लैजान महासंघ सधै सकारात्मक रहेको उनको भनाइ छ । महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् ।


    अर्थ चौतारी
  • बिहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved