२५ लाखसम्मको अटो कर्जाको जोखिम भार घट्यो

images

काठमाण्डौ । २५ लाखसम्मको अटो कर्जाको जोखिम भार घटाइएको छ। नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी २५ लाखसम्मको अटो कर्जाको जोखिम भार घटाएको हो।

यसअघि २५ लाखसम्मको अटो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा घटाएर १२५ प्रतिशतमा झारिएको हो। जोखिमभार घटेसँगै अटो कर्जा बढ्ने आकलन गरिएको छ।

images

images