images

सेयर कर्जा सीमा अधिकतम २० करोड रुपैयाँ

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जालाई व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको हो ।

‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ,’ एकीकृत निर्देशनमा भनिएको छ ।

images

अब सेयर धितो राखेर व्यक्तिगत लगानीकर्ताले १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् भने संस्थागत लगानीकर्ता २० करोड रुपैयाँ कर्जा लिन पाउने छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थ थियो । राष्ट्र बैंकले पूँजी बजारमा ब्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्तालाई बढी सक्रिय बनाउन खोजिएको देखिन्छ ।