images
images

सिटिजन्स क्यापिटलको १२ प्रतिशत लाभांश पारित

images
images

काठमाण्डौ । सिटिजन्स क्यापिटलको प्रस्तावित १२ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १९ गते सम्पन्न क्यापिटलको १७औं वार्षिक साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गरेको हो ।

 

images

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन गरेको छ ।

 

सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरी कार्यहरु गर्दै आईरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रजिष्ट्रार्ड कार्यालय रहेको संस्थाले काठमाण्डौ भित्र तथा बाहिर समेत सेवा प्रदान गर्दै आएको छ ।

 

काठमाण्डौ बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।