logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • कोरला नाकामा अस्थाई संरचना आजदेखि सञ्चालनको तयारी

    कोरला नाकामा अस्थाई संरचना आजदेखि सञ्चालनको तयारी

    13
    SHARES
    कोरला नाकामा अस्थाई संरचना आजदेखि सञ्चालनको तयारी

    काठमाण्डौ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना आजदेखि सञ्चालन हुने भएको छ ।

    चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ ।

    लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुगुरुङले २० फिट लम्बाइ र दश फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए ।

    चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । भन्सारको कारोबार तथा जाँच लोमान्थाङ–२ नेचुङको कार्यालयबाट गर्ने तयारी भएको छ । आजदेखि कोरला नाका सञ्चालनको तयारी भएको छ ।


    अर्थ चौतारी
  • सोमबार, २७ कार्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट