logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • गृह मन्त्रालय सुधार्न पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन

    गृह मन्त्रालय सुधार्न पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन

    130
    SHARES
    गृह मन्त्रालय सुधार्न पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन

    काठमाण्डौ । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना बनाउन पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

     

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयका काम र जिम्मेवारीलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन उक्त समिति गठन गरिएको जानकारी दिएका हुन्।

    अध्ययन समितिमा पूर्वसचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम छन्। समितिको सदस्य–सचिवको जिम्मेवारी गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको जानकारी गराइयो।

     

    गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ। उक्त अवधिभित्र समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिने कार्यादेश दिइएको उनले जानकारी दिए।

     

    गृहमन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयको कार्य क्षेत्रको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन एकीकृत एउटा कार्ययोजना बनाउनुपर्छ। हाम्रा पहिलाका केही सुधारका कार्ययोजना नभएका होइनन्, तर आजको परिप्रेक्ष्यमा नयाँ सुधार कार्ययोजना बनाउने र त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा लगेर मात्रै अहिले सरकारले भनेको सकारात्मक गुणात्मक हस्तक्षेपद्वारा सुशासन र समृद्धिको अभियानलाई हामीले गुणस्तरीय रूपमा स्थापित गर्नसक्छौँ।’


    अर्थ चौतारी
  • सोमबार, ४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved