logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले गठन गर्‍यो अध्ययन समिति

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले गठन गर्‍यो अध्ययन समिति

    117
    SHARES
    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले गठन गर्‍यो अध्ययन समिति

    कास्की । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

     

    समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना सदस्य छन् ।गण्डकीको पर्यटन मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने सम्बन्धी अवधारणा पत्र तयार गरेको छ । सोही अवधारणा पत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । यसअघि पनि पटक पटक राजधानी घोषणाका लागि पहल गरिएको थियो । संघको मन्त्रालयमा पुगेर पनि निर्णय नभएपछि प्रदेशले दोहोर्‍याएर पहल थालेको हो ।

     

    समितिले पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्धि गर्ने नीतिलाई कार्यान्वयन गर्नेछ । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

     

    समितिले विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने छ । समितिमा पर्यटन सचिव, पोखराका सहरी योजना आयोग उपाध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष सदस्य छन् ।

     

    यस्तै, पर्यटन विज्ञ डा. रामजी शर्मा, वासुदेव त्रिपाठी, जिल्ला प्रशासन कार्यालय कास्की, पर्यटक प्रहरी कास्की, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष सदस्य छन् भने सदस्य सचिवका रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुखले सचिवको रूपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १२ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट