काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकले एकै पटक ५ जना कार्यकारी निर्देशकहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक उच्च श्रोतका अनुसार राष्ट्र बैंकको निकै शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशक गुरु पौडेलको सरुवा भएको छ । पौडेल यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । राष्ट्र बैंकमा नियमन विभागलाई शक्तिशाली विभाग मानिन्छ । यो विभागले ‘क’ देखि ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्ने काम गर्दछ ।
यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टको भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । यसै गरी विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको भएको छ ।
वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव संसाधन विभाग प्रमुख बनाइएको छ । राष्ट्र बैंक उच्च श्रोतका अनुसार आगामी २४ गतेदेखि लागू हुने गरी अहिले ५ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो । अन्य कार्यकारी निर्देशकहरूको समेत सरुवा गर्ने तयारी भए पनि निर्णय भने अहिले ५ जनाको मात्रै भएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times