logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाई अन्तिम दिनसम्म ९ करोड २७ लाख ८२ हजार ६६० कित्ताका लागि आवेदन

    एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाई अन्तिम दिनसम्म ९ करोड २७ लाख ८२ हजार ६६० कित्ताका लागि आवेदन

    39
    SHARES
    एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाई अन्तिम दिनसम्म ९ करोड २७ लाख ८२ हजार ६६० कित्ताका लागि आवेदन

    काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेड निष्कासन गरेको एनआइसी एशिया ग्रोथ फण्ड २मा अन्तिम दिनसम्म ५६ हजार ५१८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार हिजाे अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ९ करोड २७ लाख ८२ हजार ६६० कित्ताका लागि आवेदन परेको हो । जसबाट ९२ करोड ७८ लाख २६ हजार ६०० रुपैयाँ संकलन भएको छ ।

     

    क्यापिटलले मंसिर ४ गते प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको थियो ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।


    अर्थ चौतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट