images
images

सुन प्रतितोला २ हजार ४ सय रूपैयाँले घट्यो

images

काठमाण्डौ । साताको सुन कारोबारको तेस्रो दिन आज सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आज भने सुनको भाउमा निकै गिरावट आएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रूपैयाँ घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रूपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

त्यस्तै आज मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ। ४५ रुपैयाँले घटेको चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images