images
images

करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन

images

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत चयन भएका हुन् ।

 

 

नयाँ चयन भएको कार्यसमिति आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट घोषणा भए संगै कार्यभार सम्हाल्ने छ। नाडामा नयाँ कार्यसमिति को कार्यकाल २ वर्ष हुनेगर्छ ।

 

नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको विद्यान संशोधन गरेर आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएको छ । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको उनले बताए ।

images