images
images

सिबिफिनको साधारण सभा सम्पन्न, अर्थतन्त्र सुधारका लागि उत्पादन बढाउनु पर्नेमा जाेड

images

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

शुक्रबार आयोजित साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले उद्घाटन गर्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए ।

 

उनले देशका विभिन्न क्षेत्रमध्ये अन्तरराष्ट्रिय मानक भएको क्षेत्र बैंक तथा वित्तीय क्षेत्र रहेको पनि बताए । बैंकिङ क्षेत्रका कारण अहिले देशका विभिन्न क्षेत्रले उपलब्धि हासिल गरिरहेको भन्दै उनले १६औं राष्ट्रिय योजनामा बैंक तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने बताए ।

 

उनले भने,‘बैंक तथा वित्तीय क्षेत्र सबल भएमा मात्रै अरु क्षेत्र सबल हुन्छन् । यसमा सरकारको पनि ध्यान छ । सरकारबाट आफ्नो वित्त र मौद्रिक नीतिको तर्फबाट नियमन गर्ने र सहयोगको काम भइरहेको छ ।’

 

कार्यक्रममा योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले सिबिफिनले अध्ययन र अनुसन्धानमा आधारित रहेर तथ्यपरक काम गर्ने गरेको भन्दै अन्य संस्थाले पनि यसको अनुशरण गर्न आवश्यक रहेको बताए ।

images