logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • जब कालोपत्र गरेको हप्तािदन नहुँदै सडकमा घाँस उम्रियो !

    जब कालोपत्र गरेको हप्तािदन नहुँदै सडकमा घाँस उम्रियो !

    39
    SHARES
    जब कालोपत्र गरेको हप्तािदन नहुँदै सडकमा घाँस उम्रियो !

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सडक कालोपत्र गरेको ६ दिनमै घाँस उम्रिएको छ । निर्माण कम्पनीको बदमासी र नगरपालिकाको बेवास्ताका कारण अघिअघि सडकमा कालोपत्रेको काम हुँदैछ भने पछि कालोपत्र माथि घाँस उम्रिन थालेको हो ।

     

    लम्की चुहा नगरपालिका ३ स्थित व्यवस्थितनगरमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रेपछि कालोपत्रको काम कमसल भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । डेढ वर्षअघि लम्की चुहा नगरपालिकाका र सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनबिच ६० लाखमा १२ सय मिटर सडक कालोपत्रको लागि ठेक्का सम्झौता भएको थियो । काम समेत समयमा पुरा नगरेको ठेकेदारले ढिला गरेको काममा पनि बदमासी गरेको स्थानीयको भनाइ छ ।

     

    नगरपालिका ३ का वडाध्यक्ष तथा कार्यबाहक नगर प्रमुख लव बहादुर शाहीले गरिएको कालोपत्र आफूले केही दिनअघि मात्रै अनुगमन गरेको बताए । त्यसैबेला मापदण्ड अनुसार नै काम गर्न निर्माण कम्पनीलाई भनेको बताए । तर कालोपत्रमाथि घाँस आएको जानकारी पाएपछि ठेकेदारलाई तत्काल काम रोक्न भनेको उनले बताए । कालोपत्र कमसल भएको छ वा मापदण्ड र सम्झौता अनुसार काम भएको छैन भने ठेकेदारको भुक्तानी रोक्ने उनले बताएका छन् ।

    यसैबिच सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनका दर्शन खड्काले केही स्थानमा समस्या आएको स्वीकार गरे । कालोपत्र गरेको अन्य स्थानमा राम्रो रहेको जिकिर गर्दै उनले केही स्थानमा मानवीय त्रुटिका कारण बिग्रेको हुनसक्ने भएकाले तत्काल सुधार गर्ने बताए । काममा ढिला सुस्ती गर्दै आएको कम्पनीलाई मुख्यमन्त्री कार्यालयले कालोसुचिमा राख्ने ताकेता गरेपछि मात्रै निर्माण कम्पनीले निर्माण सुरू गरेको थियो । लम्कीचुहाको सो सडक सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाहको गृह क्षेत्र समेत हो ।


    अर्थ चौतारी
  • आइतबार, १५ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट