logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुल्यो

    बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुल्यो

    26
    SHARES
    बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुल्यो

    काठमाण्डौ । बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि ठेगाना भने स्पष्ट खुलेको थिएन।

    राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ।
    यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।

    रोजगार अनुमति प्रणाली (ईपीएस) को फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका युवाले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रु ग्यास हानेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको छ । केही पक्राउ परेका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, १३ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट