images
images

बालकुमारी घटनाबारे छानबिन गर्न समिति गठन

images

काठमाण्डौ । गृह मन्त्रालयले ललितपुरको बालकुमारी दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन गर्न समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) को फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका युवाले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रु ग्यास हानेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको छ । केही पक्राउ परेका छन् ।

images