images
images

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

images

काठमाण्डौ । देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी र बाग्मतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताए ।

अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ ।

images