images
images

काठमाण्डौको विभिन्न स्थानमा आज साढे ४ घन्टासम्म विद्युत् अवरूद्ध हुने

images

काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा आज चार घन्टादेखि साढे ४ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

११ केभी मुलपानी सब–स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउन गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । काम निर्धारित समयअघि नै सकिए विद्युत लाइन सुरू हुने प्राधिकरणले जानकारी दिएको छ ।

images