images
images

बालकुमारी घटनाबारे बालुवाटारमा उच्चस्तरीय छलफल

images

काठमाण्डौ । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर बालुवाटारमा उच्चस्तरीय बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बैठक बसेको हो ।

बैठकमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको संलग्नता रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न निर्देशन दिएका थिए । घटनामा प्रहरी संवेदनशील नदेखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

images