logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • साउदी जान टिकट काटेका पाल्पाका विक्रम पंगेनी १२ दिनदेखि विमानस्थलबाटै सम्पर्कविहीन

    साउदी जान टिकट काटेका पाल्पाका विक्रम पंगेनी १२ दिनदेखि विमानस्थलबाटै सम्पर्कविहीन

    39
    SHARES
    साउदी जान टिकट काटेका पाल्पाका विक्रम पंगेनी १२ दिनदेखि विमानस्थलबाटै सम्पर्कविहीन

    काठमाण्डौ । साउदी अरब जान भनी पाल्पाबाट काठमाण्डौ पुगेका युवा विक्रम पंगेनी १२ दिनदेखि सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाण्डौ पुगेपछि सम्पर्कविहीन भएका हुन् ।

    १२ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमासहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग अपिल गरेका छन् । करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।

    पंगेनी गत पुस ६ गते फ्लाईदुबई मार्फत साउदी अरेबिया जाने तरर्खरमा रहेका थिए। तर, प्लेनको टिकटमा भएको मितिमा झुक्किएर उनको फ्लाई मिस भएको थियो। वैदेशिक रोजगारीमा जाने टिकटमा सामान्य त्रुटि भएर निराश भएका भाइ विगत एक सातादेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन भएर हराइरहेको दाजु सागर पंगेनीले जानकारी दिए।

    बिक्रमले फ्लाईदुवई मार्फत साउदी अरब जानका लागि पुस ६ गते बिहान पख १२ः ४५ बजेको टिकट काटेका थिए। तर उनी झुक्किएर पुस ६ गते बेलुका १२ः ४५ बजेको फ्लाइट समय भन्दै विमानस्थल पुगेका थिए।

    उनलाई ६ गते बेलुका साढे ९ बजे आफन्त तथा इष्टमित्र विमानस्थलमा बिदाइ गर्न समेत पुगेका थिए। उनी आफन्तसँग बिदाइ भएपछि थप प्रक्रियाको लागि अघि बढेका थिए।

    परिवारका सदस्यले विक्रम हराएको भन्ने कुरा सूचना साउदी अरेबियामा रहेका आफन्तजनले उनी नआएको बताएसँगै विक्रम हराएको पुष्टि भएको थियो। ‘साउदी अरेबियामा रहेका आफन्तले विक्रम नआएको जानकारी गराएसँगै भाइको सोधखोज गर्न थाल्यौँ,’ सागरले भने, ‘परिवारका सदस्यले पुस ११ गते महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा त्रिभुवन विमानस्थल परिसरको सिसी क्यामेरा हेर्दा विक्रम पुस ६ गते बेलुका फ्लाइट नभएर निराश हुँदै विमानस्थलबाट फर्किरहेको देख्यौँ। तर, भाइ अहिलेसम्म न त परिवारको सम्पर्कमा आएका छन्। न त आफन्तको नै। त्यसैले अहिले हामी सबै मिलेर खोजी कार्य गरिरहेका छौँ।’

    परिवारका सदस्यले पुस ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा पनि विक्रम हराएको भन्दै सोधखोजको लागि निवेदन दिइसकेका छन्।


    अर्थ चौतारी
  • शनिबार, १४ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट