logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो

    ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो

    104
    SHARES
    ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो

    काठमाण्डौ । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो ।

     

    विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका ११ वटा कार्यालयहरूको सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू यथास्थितिमा बिक्री गर्ने जनाएको छ ।

     

    बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिन (पुस १७ गते)भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।

    साविक बैंक अफ काठमाण्डूका सुर्खेत, बागलुङ्ग आवा रोड, पोखरा, हेटौंडा मेनरोड, वीरगन्ज र सामाखुसी शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्रीमा राखेको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालय रामपुर, ताप्लेजुङ्ग, इटहरी, दोगडाकेदार बिजुवारका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखिएको बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १५ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट