images
images

सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त साझेदारीमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

images

काठमाण्डौ। सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एल। जी, सि.जी. र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर खरिद गर्न सकिने भएको छ।

यो सहकार्यले गर्दा अब १२ महिने ० प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरूका लागि थप अवसर खोलेको हो।

ग्राहकहरूले एल.जी., सि.जी.र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू विशेष छुटमा नै ०५ किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्।

यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९ र ९८५१२३७०३८ मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ।

images