images
images

डोको एपले फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने

images

काठमाण्डौ । डोको एपले “Capture your World “ विषयवस्तुमा फोटोग्राफी प्रतियोगिता सुरु गरेको छ । मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।
यो प्रतियोगिता अंग्रेजी नयाँ वर्षबाट शुरू हुनेछ र नेपाली नयाँ वर्षसम्म चल्ने छ ।

प्रतिस्पर्धामा सहभागी हुन चाहने फोटोग्राफरहरूले आफ्नो उत्कृष्टता र कलात्मक पहिचानले भरिएका फोटोहरू डोको एप मा रहेको फोटोग्राफी सेक्सनमा गएर अपलोड गर्न सक्नेछन् । तीन महिना पन्ध्र दिन चल्ने यो प्रतियोगितामा फोटोग्राफीको विविधतालाई ध्यानमा राखी,बिभिन्न श्रेणीहरूमा प्रतिस्पर्धा गराइएको छ जसमा पोट्रेट फोटोग्राफी, स्ट्रीट एण्ड अर्बान एक्स्प्लोरेसन फोटोग्राफी, फेस्टिभल एण्ड कल्चरल फोटोग्राफी, नेचर एण्ड वाईल्ड लाईफ फोटोग्राफी, म्याक्रो फोटोग्राफी, नाईट एण्ड एस्ट्रो फोटोग्राफी, ट्राभल एण्ड एडभेन्चर फोटोग्राफी, ब्ल्याक एण्ड व्हाईट फोटोग्राफी, फेसन एण्ड ग्ल्यामर फोटोग्राफी, फुड फोटोग्राफी रहेको छ ।

यो प्रतियोगितामा विजयी बन्ने फोटोग्राफरले पहिलो पुरस्कारमा एक लाख रुपैयाँ, दोस्रो पुरस्कारमा पचास हजार रुपैयाँ, र तेश्रो प्रतियोगीले पच्चिस हजार रुपैयाँ पुरस्कार जित्नेछन् । यसैगरी प्रत्येक श्रेणीको विजेताले थप पाँच–पाँच हजार रुपैयाँ पनि जित्नेछन् । एकजनाले प्रत्येक क्याटेगोरीमा तीन –तीन वटा गरेर बढीमा ३० वटा सम्म फोटो पठाउन सक्नेछन् । विजेताको छनोट डोको एपमा अपलोड भएको फोटोमा आउने लाईकलाई पचास प्रतिशत र जजको मुल्याङ्कनलाई पचास प्रतिशत मानेर गरिनेछ । विजेताको घोषणा वैशाख १५ गते डोकोका सबै प्ल्याटफर्मबाट लाईभ मार्फत हुने जनाएको छ ।

डोकोले यस प्रतियोगिता मार्फत नेपाली फोटोग्राफीमा रुची भएका युवाहरुको लागी आफ्नो कला देखाउने साथ साथै पैसा कमाउने अवसर पनि लिएर आएको जनाएको छ ।

images