images
images

आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन

images

काठमाण्डौ । आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको छ । पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिएका हुन् ।

 

उनले ४० हजार भन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको पनि दाबी गरे । धमलाका अनुसार मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भई सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो हो।

 

उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए । लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए। उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए ।

images