images
images

आज सुनको भाउ स्थिर

images

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबारका लागि चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ कायम भएको छ । चाँदी पनि आइतबार सोही मूल्य कायम भई कारोबार भएको थियो ।

images