images
images

सेयर बजार सकारात्मक हुँदा म्युचुअल फन्डहरूको प्रतिइकाई सम्पत्ति मूल्यमा वृद्धि

images

काठमाण्डौ । मङ्सिरमा म्युचुअल फन्डहरूको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) वृद्धि भएको छ । ४२ वटा फन्डहरूले सार्वजनिक गरेको मङ्सिर महिनाको वित्तीय रिपोर्टले यस्तो देखाएको हो । गत कात्तिकमा औसत साढे ९ रुपैयाँ रहेको फन्डहरूको न्याभ मङ्सिरमा भने बढेर १० रुपैयाँ पुगेको छ ।

विशेषगरि सेयर बजारमा देखिएको बढोत्तरीले नै फन्डहरूको न्याभ वृद्धि भएको हो । कात्तिकको तुलनामा मङ्सिरमा सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजार अस्थिर बन्दा फन्डहरूको नाफा तथा न्याभ घट्दै गएको थियो । तर, मङ्सिरमा भने सुधार देखिएको हो । सेयर बजार बढ्दा फन्डहरूको न्याभ पनि बढ्ने गर्छ, घट्दा घट्ने गर्दछ ।

वित्तीय रिपोर्टअनुसार सबैभन्दा धेरै न्याभ सनराइज फर्स्ट म्युचुअल फन्डको देखिएको छ । गत कात्तिकमा १० रुपैयाँ ६२ पैसा रहेको फन्डको न्याभ मङ्सिरमा भने ११ रुपैयाँ ६ पैसा कायम भएको छ । दोस्रो धेरै न्याभ रहेको सानिमा इक्विटी फन्डको भने ११ रुपैयाँ २ पैसा कायम भएको छ । गत कात्तिकमा फन्डको न्याभ १० रुपैयाँ ४९ रुपैयाँ मात्रै थियो ।

समग्रमा २१ वटा म्युचुअल फन्डको न्याभ मङ्सिरमा १० रुपैयाँ भन्दा माथि नै छ । रिपोर्टअनुसार एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–दोस्रो को न्याभ १० रुपैयाँ ९८ पैसा, एनआईसी एशिया सेलेक्ट–३० को १० रुपैयाँ ९२ पैसा, एनआईसी ग्रोथ फन्डको १० रुपैयाँ ९० पैसा रहेको छ । यी लगायत प्रभु स्मार्ट फन्ड, कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ फन्ड, हिमालयन ८०–२०, सिटिजन सुपर ३०, लगायत २१ वटा फन्डहरूको न्याभ १० रुपैयाँ भन्दा माथि नै छ ।

यस्तै, सबैभन्दा कम न्याभ भने मेगा म्युचुअल फन्ड–१ को देखिएको छ। मङ्सिरमा फन्डको न्याभ ८ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, नबिल ब्यालेन्स्ड फन्डको न्याभ पनि ८ रुपैयाँ ८८ पैसा छ । यी बाहेकका १७ वटा फन्डहरूको न्यभा १० रुपैयाँ भन्दा कम र ८ रुपैयाँ भन्दा माथि देखिएको छ ।

images