images
images

आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द

images

काठमाण्डौ । पुष १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि एक सय दिन दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो । सडकखण्ड आज राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकरदुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

images