काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७४ करोड बढीको बीमा शुल्क संकलन गरेका छन् ।
चालू आर्थिक वर्षको मंसिर महिनासम्म १४ निर्जीवन बिमा कम्पनी र दुई लघु बिमा कम्पनीहरुले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
मंसिर महिनासम्म कुल बीमालेख संख्या ११ लाख ७२ हजार ४४७ रहेको छ । पाँच महिनामा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड ९७ लाख बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख, ओरिण्टलले ७२ करोड ७१ लाख, राष्ट्रिय बिमा कम्पनीले ६२ करोड ६१ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ५१ करोड १९ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३३ करोड ३० लाख, शिखर इन्स्योरेन्सले १ अर्ब ५७ करोड ७६ लाख, हिमालयन एभेष्टले १ अर्ब ३९ करोड ५३ लाख, एनपीएलजी इन्स्योरेन्सले १ अर्ब १ करोड ६४ लाख, शिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६५ करोड १९ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख, आइशजआई प्रेडेन्सियलले १ अर्ब ३८ करोड १२ लाख र युनाइटेडले १ अर्ब ७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times