images
images

उद्योगी व्यवसायीको अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालय सधैँ तयार छः अर्थमन्त्री डा.महत

images

काठमाण्डौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले उद्योग सञ्चालनको वातावरण बढाउन अर्थ मन्त्रालय तयार रहेको बताएका हुन् ।

उद्योगी, व्यवसायीका समस्या प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न सक्ने उनको भनाई छ । उद्योगी व्यवसायीको समस्या समाधान गरेर नेपालमै औद्योगिक व्यवसायिक वातावरण बढाउन पहल गर्नुपर्ने डा. महतको भनाई छ ।

यस्तै, देशको अर्थतन्त्र रहेको बताउँदै मन्त्री महतले आउँदा दिनमा सकारात्मक सङ्केतहरू देखिने र आर्थिक वृद्धि हुने बताए । पछिल्ला तथ्याङ्कले आफ्नो भनाइलाई पुष्टि गर्ने मन्त्री महतले बताए ।

images